विश्वमा एक दिनमा कति जना मानिसले सेक्स गर्छन् होला ? सात अर्व भन्दा बढि जनसंख्या भएको यो पृथ्वीमा एक दिनमा जम्मा ४० करोड जना मानिसले सेक्स गर्ने गरेको एक तथ्यांकले देखाएको छ । क्यारी म्याकनिल नामका लेखकले लेखेको एक पुस्तकमा यस्तो तथ्यांक समावेश गरिएको छ । तथ्यहरु जसले तपाइँलाई तर्साउनेछ नामक पुस्तकका अनुसार विश्वका ६ प्रतिशत मानिसमा सेक्सको अम्मल छ । अर्थात् सयमा ६ जना मानिस सेक्सको कुलतमा फसेका छन् ।

पुस्तकमा अरु केही रोचक तथ्यांकहरु पनि समावेश छन् । जस अनुसार सम्भोगमा बढि चरम आनन्द प्राप्त गर्ने मानिस अकालमा मर्ने खतरा आधाले कम हुन्छ । ठूला वक्षस्थल हुने महिलाले आत्महत्या गर्ने सम्भावना बढि हुन्छ भने आधा भन्दा बढि महिलाले सम्भोगका बेला चरम आनन्द प्राप्त गरेको झुटो अभिनय गर्छन् ।

पुस्तकमा उल्लेख भए अनुसार विश्वमा डटपेन निलेर वर्षेनी १ सय जना मानिस मर्छन । त्यस्तै एक जना मानिसले आफ्नो जिवनकालमा औषतमा ३ वर्ष चर्पीमा बिताउँछ । फिनल्याण्डमा कुनै समय एक जना मानिसलाई सुरवाल नलगाएको आरोपमा सेक्स गर्न बन्देज लगाएको थियो । मरुभूमिमा पाइने एक प्रजातिको मुसाले दिनभरमा डेढ सय पटक सेक्स गर्ने अनौठो तथ्य पनि उक्त पुस्तकका उल्लेख छ ।